८ मंसिर २०८१, शनिबार 1732401319
Banner

कोशी प्रदेश नामाकरणविरुद्ध आजबाट फेरि आन्दोलन हुने

विराटनगर । आजदेखि कोशी प्रदेश नामाकरण विरुद्ध पुनः आन्दोलन सुरु हुने भएको छ । आज वैशाख २६ गते झापाको दमकमा राँके जुलुस प्रदर्शन गर्दै सो आन्दोलनको सुरुवात गर्न लागिएको हो ।

संयुक्त संघर्ष समितिका किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचोका अनुसार सो आजबाट सुरु हुने आन्दोलन जेठको दोस्रो सातासम्म जारी रहनेछ । प्रदेश–१ को नाम कोशी राखे पछि मुख्यतस् किराँत र लिम्बुवान समुदायका मानिसहरू आक्रोशित हुँदै आएका छन ।

यसैगरी वैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद उपस्थित हुने कार्यक्रममा निरन्तर बहिष्कार तथा उपस्थित भएर विरोध गर्ने जनाइएको छ भने कोशी प्रदेशका जिल्लाहरूमा निरन्तर रुपमा कोणसभा, सङ्घर्ष समिति गठन तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने लगायतका कार्य प्रदेश भरी गरिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियान चलाउने र जेठ दोस्रो हप्ता वृहत् भेला आयोजना गर्ने जनाइएको छ ।