७ जेष्ठ २०८३, बिहिबार 1779363812
अपराध

सप्तरीमा हत्या गरिएको अवस्थामा युवकको शव फेला

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका १ स्थित खेतमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

मृत फेला परेका युवक शम्भुनाथ नगरपालिका २ का २४ वर्षीय मो.तफेजुल रहेको स्थानीय राजु पासवानले जानकारी दिए। रातिमा कुटपिट गरी उनको हत्या गरिएको देखिएको उनले बताए।

गाउँलेले युवक तफेजुलको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो। त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज लग्ने तयारी गरेको छ ।

प्रहरीका अनुसार हत्या कसले गरेको भन्नेबारे केहि खुल्न सकेको छैन।