६ जेष्ठ २०८३, बुधबार 1779300736
Banner

दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्रमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रसाईंले दायर गरेको बन्दी प्रत्येक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बाटाको म्याद बाहेक २४ घण्टाभित्रमा लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

यस्तै आगामी पेसीमा महान्यायाधिवक्ता कार्यालयका वकिल मार्फत प्रसाईंमाथिको अनुसन्धानको फाइल पेश गर्न पनि सर्वोच्चको आदेश छ।

प्रसाईँलाई केही दिनअघि प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो ।