८ मंसिर २०८१, शनिबार 1732351174
राजनीति

पूर्वमन्त्री एवं सांसद सञ्जयकुमार गौतमले सुरु गरे अनसन

बर्दिया। पूर्वमन्त्रीसमेत रहेको प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले अनसन सुरु गरेका छन् ।

बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै सांसद गौतमले शनिबार साँझ देखी अनसन सुरु गरेका हुन् ।

पूर्वसिँचाइ मन्त्रीसमेत रहेका सांसद गौतमले जब्दीपुल निर्माण, बबई सिँचाइ आयोजनामा बजेट सुनिश्चितता, गुलरियामा तटबन्ध निर्माणको बाँकी काम गर्नुपर्ने लगायतका १५ बूँदे माग राख्दै आमरण अनसन सुरु गरेका हुन् ।

सो अनसनमा बस्नु अघि सांसद गौतमले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत प्रधानमन्त्रीलाई आफ्नो मागसहितको ज्ञापन पत्र बुझाएका थिए ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै क्षतिग्रस्त भए पछि सो पुल पुनः निमार्ण गर्नुपर्ने उनको प्रमुख माग रहेको छ।