७ जेष्ठ २०८३, बिहिबार 1779385247
Banner

मदन राईविरुद्ध सात दिन म्याद थपेर अनुसन्धान हुँदै 

काठमाडौँ– यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम) का संस्थापक मदन राईविरुद्ध जिल्ला अदालत खोटाङले सात दिन म्याद थपेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार राईविरुद्ध बाल यौनदुरुपयोग कसुरमा अनुसन्धानका लागि अदालतबाट सात दिन म्याद थप भएको हो । 

फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा खोटाङ प्रहरीले राईलाई उनकै शुभम् फाउन्डेसनबाट नियन्त्रणमा लिएको थियो ।   अहिले म्याद थपेर अनुसन्धान भइरहेको छ ।