काठमाडौं । बेलायती ब्राण्डको बेलाको होम एप्लाइन्सेस प्रोडक्ट नेपाली बजारमा भित्रिएको छ । आईकेबिएच ग्रुप प्रालीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डको होम एप्लाईसेन्स नेपाली बजारमा भित्रिएको जनाएको हो । बेलाको ब्राण्ड बेलायतको चर्चित ब्राण्ड हो । यो ब्राण्डका सामग्री तथा उपकरणहरु बेलायत, कतार र नेपालमा उपलब्ध हूदै आइरहेको छ । कम्पनीले आगामी दिनमा अन्य मुलुकमा पनि विस्तार गर्ने लक्ष्य राखेको छ ।
बेलाको ब्राण्डले आफनो गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने जनाएको छ । कम्पनीले आपना उत्पादन ग्राहकको प्रमुख रोजाई बन्दै गइरहेको दावी गरेको छ । बेलाको उपभोक्ता र व्यवसायिक दुवै क्षेत्रमा आफनो सशक्त उपस्थिति बनाउन केन्द्रित हुदै आइरहेको छ । आईकेबिएच ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स डिभिजन अन्तर्गत बेलाको होम एप्लाईसेन्स को उत्पादन रहेका विभिन्न उपकरणहरु शुभारम्भ गरेको हो ।
आईकेबिएच ग्रुप प्रालीका प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युवा संयोजक अब्दुल बसिदले आइतबार एक कार्यक्रमबीच बेलाकाको ब्राण्डको ईलेक्ट्रोनिक्स सामान र उपकरणको शुभारम्भ गरे ।
उनले बेलाको होम एप्लाईसेन्स बेलायती चर्चित ब्राण्डको ईलेक्ट्रोनिक्स सामान नेपाली उपभोक्ताले प्रयोग गर्न पाउनु सुखद रहेको बताए । प्रमुख कार्यकारी अधिकृत तथा एनआरएनएका युवा संयोजक बसिदले लक्ष्य निर्धारण गरेमात्रै लक्ष्यहासिल गर्न सकिने बताए । हामीले जुनसुकै काम गर्न पनि पहिला लक्ष्य हासिल गर्नुपर्ने हुन्छ उनले भने मेहनत गरेर मात्रै उपलब्धी चुम्न सकिन्छ ।
प्रमुख कार्यकारी निर्देशक बसिदले हजारौ नेपाली जनता वैदेशिक रोजगारीका लागि विदेश गइरहेको परिपेक्षमा आफनै स्वदेशका लागि केही गर्नका लागि भन्दै बेलाको ब्राण्ड नेपालमा विस्तार गर्न लागेको बताए । नेपाल अहिले आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको छ । तर,यही बेला हामीले बेलायतको चर्चित बेलाको ब्राण्ड नेपालमा भित्राएका ’छौ उनले भने हामीले नेपालमा व्यवसाय सुरु गर्न लागेका छौं ।
यसबाट पक्कै पनि केही मात्रामा भएपनि रोजगारीको अवसर सिर्जना गर्नुको साथै नेपालको अर्थतन्त्रमा पनि केही हदसम्म टेवा पु्¥याउने आशा गरेका छौं ।’ प्रमुख कार्यकारी अधिकृत बसिदले आफनो प्रोडक्टलाई नेपाली जनताले रुचाएर माया गरिदिन अनुरोध गरेका छन् । साथै कम्पनीले नेपाली नयाँ वर्षलाई लक्षितगरी बिभिन्न उपहार योजनाहरु पनि ल्याएको छ ।