१० मंसिर २०८१, सोमबार 1732555756
राजनीति

मोखा चक्रवातका कारण म्यानमार र बंगलादेशमा ठुलो क्षति

काठमाडौं। बंगालको खाडीबाट विकसित भएको चक्रवातका कारण म्यानमार र बंगलादेशमा ठूलो क्षति पुगेको छ। म्यानमारमा कम्तिमा पाँच जनाको ज्यान गएको छ भने बंगलादेशमा हजारौं घरहरु ध्वस्त भएका छन्।

तीव्र गतिको आँधीका कारण बंगलादेशको सेन्ट मार्टिन आइल्याण्डका १२ हजार घर र कोक्स बजार भन्ने स्थानमा रहेको रोहिंग्या शरणार्थी शिविरमा पनि करिब त्यति नै संख्यामा घरहरु ध्वस्त भएका बीबीसीले जनाएको छ।

सबैभन्दा बढी प्रभावित कोक्स बजार भएको बंगलादेशका अधिकारीहरुले बताएका छन्। कोक्स बजारको शरणार्थी शिविरमा करिब १० लाख मानिसहरुको बसोबास छ। आँधी र भारी वर्षाबाट प्रभावितहरुलाई अस्थायी शिविरहरुमा राखिएको छ।