९ मंसिर २०८१, आइतबार 1732489703
Banner

सरकारी वकिलको कार्यालयमा पूर्वगृहमन्त्री खाँणको बयान सुरु

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको आजदेखि बयान शुरु भएको छ ।

सरकारी वकिल र प्रहरीले नरेन्द्र केसी र पूर्व गृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार सकेको छ । योसँगै खाणअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ । तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्ने जनाइएको छ ।

बयानका लागि खाण सरकारी वकिलको कार्यालयमा उपस्थित भईसकेका छन् ।