काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकलाई दिउँसो ४ बजे सम्बोधन गर्नु अघि राष्ट्रियसभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ ।
सो बैठकमा ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्य सञ्चालन० नियमावली २०७५ संशोधन मस्यौदा समिति’ गठन सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यक्रम रहेको छ ।