८ मंसिर २०८१, शनिबार 1732344606
Banner

एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक अहिले बसिरहेको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफल गर्न बैठक बोलाइएको संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए।

उनका अनुसार बैठक अहिले संसद भवनको ल्होत्से हलमा जारी छ। सरकारका तर्फबाट शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि छलफल हुने कार्यसूची छ।

छलफलमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकले धारणा तय गर्ने बर्तौलाले बताए। बैठकअघि सांसदहरूलाई पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख सुशील ज्ञवालीले नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा अभिमुखीकरण गरेका थिए।