८ मंसिर २०८१, शनिबार 1732350494
Banner

टिकापुर घटनाका दोषी रेशम चौधरी जेलबाट निस्किए

काठमाडौँ । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी छुटेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज कारागारबाट रिहा भएका हुन् ।

मन्त्रिपरिषद्ले हिजो नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद चौधरीको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।

चौधरीको स्वागतका लागि नउपाका नेता कार्यकर्ता र शुभेच्छुक डिल्लीबजार कारागार पुगेका थिए । चौधरीलाई फूलमालाले भव्य स्वागत गरिएको छ । २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । चौधरीको कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले जेठ २ मा सदर गरेको थियो ।

यसपटक चौधरीसहित ४ सय ८२ कैदीले गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।