१० मंसिर २०८१, सोमबार 1732543541
Banner

कार दुर्घटनामा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकै ड्राईभर भएको पुष्टि, घटना लुकाउने प्रयास हुँर्दै

काठमाडौं । बाँकेमा मंगलबार भएको सवारी दुर्घटनामा रक्षा तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काका सवारी चालक सुवास अधिकारीको मृत्यु भएको तथ्य फेला परेको छ । शसस्त्रका हवल्दार अधिकारी लामो समयदेखि रक्षा तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काको सुरक्षार्थ खटिएको पछौटे गाडी चलाउँदै आएका थिए । दुर्घटनामा खड्काको माइली भाइबुहारीको मृत्यु भएपनि शसस्त्रका हवल्दारको घटनालाई भने गुपचुप राख्न खोजिएको छ ।

५३ वर्षीया सञ्जु खाती खड्काको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा हिजो बेलुकी ८ बजेतिर मृत्यु भएको समाचार बाहिरिएको थियो तर उनलाई गन्तव्यमा पुरयाउने चालक को हुन भन्ने सत्य तथ्य बाहिर आएको थिएन । पारिवारिक स्रोतका अनुसार चालक अधिकारी सशस्त्रका हवल्दार हुन् । सरकारी कर्मचारी कसरी प्राईभेट गाडी चलाएर हिडे र बाँकेमा दुर्घटनामा परे भन्ने बिषय गम्भिर भएको उनीहरु बताउँछन् । नाम नबताउने सर्तमा सूचनाप्रेसको सम्पर्कमा आएका मृतक हवल्दारका आफन्तले भने, अहिले हामी शोकमा छौ, घटना मिलाउने प्रयास भईरहेको छ बिभिन्न आश्वासन देखाईरहेको छ तर सशस्त्रमा जागिर खाएर उपप्रधानमन्त्रीका परिवारलाई ओसार पसार गर्दा मृत्यु हुनु ठुलो बिडम्बना हो । हामीले कल्पनै नगरेको बिषय, सरकारी सेवा शसस्त्रमा गएको व्यक्ति बाँकेमा प्राईभेट गाडी लिएर त्यसमाथी पनि जिम्मेवारी नभएको व्यक्ति लिएर हिडेको अवस्थामा मृत्यु भयो भनेको सुन्दा अचम्मित भएका छौ ।’

यसवारेमा थप बुझन सशस्त्र प्रहरीबलका प्रवक्ता राजेन्द्र खड्कालाई टेलिफोन सम्पर्क गर्दा उनले सुवास सशस्त्रको कर्मचारी भएको बताए । उनले भने, ‘उहाँ सशस्त्रको कर्मचारी हो, तर हिजो डिउटीमा हुँदै जानुभएको हो कि होइन त्यस बारे बुझेर जानकारी गराउछुृ ।’ गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीका दुई छोरी र श्रीमती छन् ।

सुर्खेततर्फ जाँदै गरेको उनीहरू सवार कारलाई बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै मंगलबार बेलुका साढे चार बजे नेपालगन्जबाट पूर्वतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो।