४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 12:11 pm
Banner

पाल्पामा जिप दुर्घटना, तीनजनाको मृत्यु

सूचना प्रेस २०८० जेष्ठ २१ आइतबार ००:००, २२:०६ बजे १ मिनेट पढाइ

रामपुर । पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप रैनादेवीछहरा गाउँपालिका–८ सत्यवतीमा आज साँझ ५ बजेको समयमा दुर्घटना भएको हो । 

दुर्घटनामा तीनजनाको मृत्यु भएको र १२ जनाघाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले बताए ।

घाइतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाइएको वडाध्यक्ष रानाले बताए । रासस