काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन ।
प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि प्रमुख प्रतिपक्ष दल लगायतको आक्रमण खेपिरहेको सरकारले सो बैठकमा भारत भ्रमणको समीक्षा गर्ने बुझिएको छ ।