२२ बैशाख २०८३, मंगलबार 1778031850
Banner

प्रधानमन्त्रीले सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिनुभयो: डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार टिकाउन टीकापुर काण्डका आरोपी रेशम चौधरीलाई आममाफी दिइएको बताउनु भएको छ।

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरको कार्यक्रममा नेता डा. कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत चौधरीलाई आममाफी दिएको बताउनु भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलमार्फत् तीनवटै अदालतको आदेशको विपरीत आममाफी दिइनुले लोकतन्त्र कमजोर बनाएको उहाँले बताउनु भयो।

‘अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनुभयो,’ उहाँले भन्नुभयो, ‘ सरकार टिकाउनका लागि यी कुराहरु गर्दा लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ।’