११ कार्तिक २०८१, आइतबार 1730038235
Banner

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस जारी रहने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस जारी रहनेछ ।

शुक्रबारसम्म सातजना अभियुक्तको थुनछेक बहस सकिएको छ । आज अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायले बहस गर्नेछन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ ।

शुक्रबारसम्म अभियुक्तमध्येका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक गुरुङ, इन्द्रजित राई र टोपबहादुर रायमाझीका कानुन व्यवसायीहरूले बहस गरेका छन् । कानुन व्यवसायीहरूले आफ्ना पक्षलाई साधारण तारेख वा सामान्य धरौट माग गरिरहेका छन् ।