काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि हुने भएको छ ।
आइतबार प्रधानमन्त्री निवास, बालुबाटारमा आइतबार बसेको बैठक सो मोर्चा भोलि घोषणा हुने निर्णय लिएको हो । सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।
समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहने छन् ।