११ कार्तिक २०८१, आइतबार 1730059461
राजनीति

समाजवादी मोर्चालाई बाबुरामले दिए कथित मोर्चाको शंज्ञा

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चालाई कतिथ मोर्चाको शंज्ञा दिएका छन् ।

‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्,’ भट्टराईले भनेका छन्, ‘केहीलाई सधैँ र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’

उनले समाजवादी मोर्चा सत्ता स्वार्थको निम्ति मात्र भएको आशंका व्यक्त गरेका छन् । जालझेलले समाजवादको निर्माण नहुने भन्दै अध्यक्ष भट्टराईले मोर्चाको सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरेका छन् ।

‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन,’ उनले भनेका छन्, ‘यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’