१० कार्तिक २०८१, शनिबार 1729965988
Banner

बूढानीलकण्ठको आगामी वर्षको आयव्याय दुई खर्ब ८८ करोड १३ लाख

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आ।व २०८०र८१ को अनुमानित आय–व्याय प्रस्तुत गरेको छ ।

बिहीबारबाट सुरु भएको नगरको १२ औँ अधिवेशनमा उप्रमुख अनिता लामाले दुई अर्ब अठासी करोड १३ लाख अनुमानित आयव्याय प्रस्तुत गरेकी हुन् ।
सो आय व्यायउपर जिज्ञासा, प्रथम प्रश्न तथा सुझाव राखेका थिए ।

आगामी बैठक २०८० साल असार गते बस्ने गरी बैठक स्थगन गरिएको छ । सभाको अर्को बैठकमा आज पेश भएको नीति, कार्यक्रम तथा बजेट, विधेयकहरुमाथि छलफल हुनेछ ।

संविधानमा र स्थानीय तह संचालन ऐन, २०७४ मा व्यवस्था भएअनुसार प्रत्यक आर्थिक वर्षमा नगरसभाको बैठक ६ महिनाको अन्तरालमा बस्ने गरेको छ ।

बजेट बक्तव्यको सारांश

चालु आ.व मा आन्तरिक आय तर्फ रु. ३१ करोड ५० लाख अनुमान गरिएकोमा सम्वत् २०८० जेष्ठ मसान्तसम्ममा ३२ करोड ७८ लाख ११ हजार २ सय ४१ रुपैयाँ प्राप्त भएको छ त्यसै गरी मु.अ. कर / सवारी साधन तर्फको राजश्व बाँडफांडबाट जेष्ठ मसान्तसम्ममा ११ करोड ५२ लाख ८१ हजार ९ सय प्राप्त भएको छ ।

चालु आ.व को आन्तरिक आयतर्फको प्रक्षेपण अनुसार अनुमान गरिएको आय जेष्ठ मसान्तसम्ममा १०४ प्रतिशत राजश्व उठेको देखिन्छ । त्यसै गरी जेष्ठ मसान्तसम्मको खर्च स्थिति हेर्दा चालु तर्फ ५१ करोड ७३ लाख ४९ हजार (संघीय सरकारको सर्शत चालु समेत) र पुँजीगत तर्फ रु. ६३ करोड ५३ लाख ६४ हजार ८ सय खर्च भएको उपप्रमुख अनितालामाले अधिवेशनलाई जानकारी गराउनु भएको छ ।

त्यसैगरी आगामी आ.ब. २०८०/०८१ को लागि अनुमानित व्यय तर्फ चालु खर्चको लागि ४१ करोड ३३ लाख र वडाबाट योजना छनौट गर्न ३२ करोड ९५ लाख विनियोजन गरिएको छ र समपुरक कोष ५ करोड, सह लगानी कोष ३ करोड, विपद व्यवस्थापन, महामारी नियन्त्रणमा ४ करोड कर्मचारी कल्याण कोषमा १ करोड, नगर अस्पताल सञ्चालनमा ५ करोड सामाजिक सुरक्षा कोष १ करोड, वडा कार्यालय भवन निमार्ण १५ करोड, फर्निचर तथा फिक्चर मेशिनरी औजार २ करोड ५० लाख, मूख्य प्रशासनिक भवन २ करोड, सवारी साधन खरिद २ करोड, कर्मचारी सुनौलो विदाई १ करोड, पूँजीगत निर्माण १ अर्ब ६ करोड, बिषयगत महाशाखा / शाखा अन्तर्गत सञ्चालन गरिने कार्यक्रम अन्तरगत शिक्षातर्फ १३ करोड, स्वास्थ्यतर्फ १२ करोड, मानवीय कल्याणतर्फ ३ करोड, बातावरण तथा विपद व्यवस्थापनतर्फ ८ करोड, पर्यटनतर्फ ५ करोड, आर्थिक विकास अर्न्तगत कृषितर्फ १ करोड, पशु बिकासतर्फ १ करोड, सहकारीतर्फ ५० लाख, सुशासन तथा सेव प्रवाहतर्फ ९ करोड, सुचना प्रविधितर्फ ८ करोड, सुरक्षित नगर सिसिटिभी जडानतर्फ करोड, डिजिटल घर नम्बरतर्फ २ करोड, खानेपानी योजनातर्फ ८ करोड, उज्या नगरतर्फ १ करोड ८५ लाख, जिपलाईन निर्माण २ करोड गरी पूँजीगत खर्चको लागि १ अर्ब ६ करोड र गत बर्षको भुक्तानीका लागि १ अर्ब गरी आगामी आ.ब. २०८० / ०८१ को लागि कूल आय २ अर्ब ८८ करोड १३ लाखको अनुमान प्रस्ताब गर्दै सोही बमोजिम ¨खर्च हुने अनुमान पेश गरेको छुसो को बिस्तृत विवरण अनुसूची १ मा उल्लेख गरी पेश गरेको छु त्यसैगरी चालु आ.ब. को संक्षिप्त प्रगति प्रतिबेदन अनुसूची २ मा संलग्न राखी यस सभामा पेश भएको छ ।

Tags :