११ कार्तिक २०८१, आइतबार 1730016481
राजनीति

सरकारले स्वार्थ र शक्तिको लागि मात्र काम गरिरहेको छ : महेश बस्नेत

काठमाडौं। नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रचण्ड नेतृत्वको सरकारले आफ्नो स्वार्थ र शक्तिको लागि मात्र काम गरेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको यूथ फोर्स विभागले शनिबार काठमाडौंमा आयोजना गरेको नवयुवाहरूलाई स्वागत कार्यक्रममा बोल्दै नेता बस्नेतले वर्तमान सरकारले भ्रष्टाचार, अनियमितता, कुशासन, अपराधीको संरक्षण, राष्ट्रहित विपरीत नागरिकता विधेयक पारितलगायतका असङ्ख्य जनघाती कार्य गरेको बताए।

सरकारले टीकापुर घटनाका दोषीको मात्र होइन उपप्राध्यापक प्रेम चलाउनेलाई सांघातीक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा समेत फिर्ता लिएर अपराधीलाई संरक्षण गर्ने काम गरेको भन्दै उहाँले आलोचना गरे। ‘प्रचण्डले हिजो जनयुद्धमा अपराधी हुन सिकाए, अहिले अपराधीको संरक्षण गरिरहेका छन्’, बस्नेतले भने।

बस्नेतले माओवादी नेतृत्वको गठबन्धन सरकार हटाएर नयाँ सरकार बनाउनुपर्ने बताए। कांग्रेस र एमालेको नेतृत्वमा सरकार बताएर समृद्धिको रोकिएको अभियान अघि बढाउनु पर्नेमा उनले जोड दिए।

प्रचण्डले भारत भ्रमणका क्रममा राष्ट्रियतालाई बेचेर मुर्रा भैँसी ल्याएको बस्नेतले बताए। राष्ट्रघाती नागरिकता विधेयक प्रमाणित गरेर प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियतालाई तिलाञ्जली दिएको बस्नेतको भनाइ छ। मुलुकलाई जोगाउन एमालेले वर्तमान सरकारको विकल्प खोज्नुपर्ने बस्नेतले बताए।

एमालेका केन्द्रीय सदस्य किरण पौडेलले आफुलेले बोल्ने क्रम मा देश बनाउने हो भने यी नव युवा हरुको साथ लिएर हिड्दा मात्र सम्भव छ । त्यसैले समृद्ध को पहिलो पिलर युवाहरु रहेको बताए । कार्यक्रममा संघका अध्यक्ष क्षितिज थेबे, सचिव जय गुरुंग, खेम शर्मा प्रवक्ता निरोज पौडेलको उपस्थिति रहेको थियो ।