११ कार्तिक २०८१, आइतबार 1730016772
खेलकुद

१४ वर्षपछि बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं। १४ वर्षपछि बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। भारतको बेंगलुरुस्थित कान्तिराव स्टेडियममा बुधबार भएको समूह ‘बी’ को अन्तिम खेलमा भुटानलाई ३-१ ले पराजित गर्दै बंगलादेश सेमिफाइनलमा प्रवेश गरेको हो।

बंगलादेशले पछिल्लो पटक २००९ मा घरेलु मैदानमा भएको साफमा सेमिफाइनल खेलेको थियो।

बुधबारको खेलमा भुटानले पहिले अग्रता लिए पनि बंगलादेशले पुनरागमन गर्दै जित निकाल्यो र ३ खेलबाट ६ अंक जोडेर समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनायो।

आमन्त्रित टिम लेबनान तीनवटै खेल जित्दै ९ अंक जोड्दै समूह विजेता बनेर सेमिफाइनल पुगिसकेको छ ।

अब समिफाइनलमा बंगलादेशले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । कुवेत भारतलाई पछि पार्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यस्तै समूह ‘बी’ को विजेता लेबनानले भारतसँग खेल्नेछ ।

दुवै सेमिफाइनल खेल आगामी शनिबार हुनेछन् । फाइनल खेल भने आगामी मंगलबार हुनेछ ।