काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बनाइएका कंक्रिट संरचना हटाएको छ।
दरबार हाई स्कुल बनाउने क्रममा चिनियाँहरूले बनाएको कंक्रिट संरचना हटाइएको हो । एक सातादेखि खुलामञ्चका कंक्रिट संरचना हटाउने काम भइरहेको छ।
खुलामञ्चको पश्चिमतिर भएको कंक्रिट संरचना सबै निकालिसकिएको छ । पूर्व भागमा बाँकी रहेको भोलिसम्ममा निकालिसक्ने महानगरले जनाएको छ ।
खुलामञ्चबाट निकालिएको कंक्रिट कीर्तिपुर नगरपालिकामा पठाउने महानगरको तयारी छ । यस्तै, नगरपालिकाले उक्त कंक्रिटले हिलो बाटो पुर्ने काम गरिरहेको छ।