१० कार्तिक २०८१, शनिबार 1729995331
राजनीति

पूर्वमाओवादीहरूसँग पार्टी एकताका लागि छलफल हुँदैछ: प्रचण्ड

पोखरा । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूसँग पार्टी एकताका लागि ठोस पहल भइरहेको बताएका छन् ।

शनिवार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग छलफलका क्रममा प्रचण्डले पूर्वमाओवादी शक्तिहरूसँग पार्टी एकताका लागि छलफल जारी रहेको बताएका हुन् । ‘हामीसँग इतिहास, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ,’ उनले भने ‘हामीले राम्रो गर्न खोज्दैछौँ। सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ, त्यसलाई सफा नगरी देश बन्दैन । समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ। पूर्वमाओवादीहरू पनि छलफलमा छौँ। फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।’