२ भदौ २०८३, मंगलबार 1787090525
Banner

गृहमन्त्रीलाई कारबाही गर्न जेनजी मुभमेन्टको माग

काठमाडौंः जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ। मन्त्री गुरुङमाथि लागेका आरोपहरुमा निष्पक्ष छानबिन हुनुपर्ने उनीहरुको माग छ। 

प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पदमै रहेर अनुसन्धान गर्न गाह्रो हुन्छ र न्याय प्रक्रियामै समस्या आउँछ।’

मुभमेन्टले भनेको छ, ‘मन्त्री कसलाई बनाउने भन्ने विषय गम्भीर विषय हो, वर्तमान सरकारले परिपक्व, नेतृत्वदायी र दूरदर्शिता देखाउनै पर्छ।’

मुभमेन्टले ७६ जनाको रगतले आएको परिवर्तनमा दोषी देखिएका, आरोप लागेकाहरु न्यायको कठघरामा आउनु पर्ने बताएको छ। उसले सरकारलाई पद, शक्ति र राजनीतिक संरक्षण कसैलाई हुन नहुने बताएको छ।

Zen-g-movement-1776650054.jpg