११ कार्तिक २०८१, आइतबार 1730024108
Banner

बुटबलको तिनाउ नदीमा बाढीको बहाब बढ्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रुपन्देही र पाल्पा आसपासमा शुक्रबार रातिदेखि परेको निरन्तरको वर्षाले बुटबलको तिनाउ नदीको बहाब बढेको छ । बाढीले आसपासका बस्ती जोखिमपूर्ण अवस्थामा पुगेका छन् । बाढी मापदन केन्द्र बुटवलले सूचना जारी गर्दै तिनाउ नदीमा जलसतले सतर्कता तह पार गर्ने चेतावनी दिँदै सतर्क रहन आग्रह गरेको छ ।

जल सतह बढ्दो क्रममा रहेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरूलाई सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।