१० कार्तिक २०८१, शनिबार 1729973603
Banner

ललिता निवास प्रकरण : मीनबहादुर गुरुङसहितको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । ललिता निवास प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका मीनबहादुर गुरुङसहितको रिट निवेदन हेर्न नभ्याइने सूचीमा परेको छ ।

मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले उक्त रिट निवेदन हेर्न नभ्याइने भन्दै अर्को दिनलाई सारेको हो ।

यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो ।
इजलासले निवेदकको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो भन्ने सन्दर्भमा मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो ।

Tags :