१० कार्तिक २०८१, शनिबार 1729987741
Banner

विश्वकप छनोटमा नेपाल आयरल्याण्डसँग पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको सातौँ स्थानको खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ ।

जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा आयरल्यान्डले नेपाललाई दुई विकेटले हराएको हो । आयरल्यान्डलाई कठिन जित दिलाउन कर्टिस कम्फरले सर्वाधिक ६२ र ह्यारी टेक्टरले ६० रन बनाए। त्यस्तै करण केसीले सर्वाधिक ४ र किशोर महतोले दुई विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २६८ रन बनाएको थियो।

नेपालका लागि गुल्सन झाले अविजित ५७ रन बनाए। त्यस्तै अर्जुन साउद अर्धशतक बनाउन दुई रनबाट चुके भने कुशल मल्ल ६ रनबाट चुके।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल ८ रन बनाएर पेभेलियन फर्किएका थिए। त्यस्तै ज्ञानेन्द्र मल्ल ७, कप्तान रोहित पौडेल २९, भीम सार्की २०, सन्दीप लामिछाने ३२, करण केसी ४ रनबाट आउट भए।

युएईविरुद्ध राम्रो पारी खेलेका दीपेन्द्र सिंह ऐरी शून्यमा आउट भए भने किशोर महतो १ रनमा अविजित रहे।