११ कार्तिक २०८१, आइतबार 1730045446
Banner

६० वटा सडक र ३ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूचिसहित)

काठमाडौं। बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ। यसैगरी १३ वटा सडक एकतर्फी सन्चालनमा छन्।

विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन्।

मेची राजमार्ग अन्तर्गतको केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम,गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ।

यसैगरी तमोर करिडोर अन्तर्गत चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेश चोक खण्ड पनि अवरुद्ध छ।

यस्तै कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथांका सडकखण्ड पनि अवरुद्ध रहेको विभागले जनाएको छ।

एकतर्फी सन्चालनमा रहेका सडकहरुमा तानसेन–रिडी–कोरला र डुम्रे–बेशीसहर–चामे सडक खण्ड एकतर्फी चालु छन्।

यसैगरी सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्ड पनि एकतर्फी सन्चालनमा रहेको सडक विभागले जनाएको छ।

हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सन्चालनमा आइसकेको र यस वर्ष ७३ वटा सडकखण्ड अवरुद्ध भएको विभागको तथ्यांक छ। हालसम्म सडकमा २ लाख ४९ हजार ६२३ रुपैयाँ बराबरको भौतिक क्षति भएको विभागले जनाएको छ।