१० कार्तिक २०८१, शनिबार 1729988179
Banner

गण्डकी प्रदेशको आगामी वर्षको बजेट बहुमतले पारित

काठमाडौं । गण्डकी प्रदेशको आगामी वर्षको बजेट पारित भएको छ । र्थमन्त्री जीतप्रकाश आलेले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट शुक्रबार बहुमतले पारित भएको हो ।

गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोेड ७२ लाखको बजेट ल्याएको छ । जुन पोहोरभन्दा डेढ अर्ब सानो हो । अघिल्लो वर्ष सरकारले ५ अर्बभन्दा धेरै राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, ३ अर्बको हाराहारीमा मात्र उठ्न सक्ने देखिएको अवस्थामा अर्को वर्ष ५ अर्ब १६ करोड ९१ लाख उठाउने लक्ष्य बजेटले राखेको छ ।

सरकारले ल्याएको ३३ अर्ब ४२ करोेड ७२ लाख बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख अर्थात कुल विनियोजित बजेटको ३८।१ प्रतिशत विनियोजन भएको छ । पुँजीगततर्फत २० अर्ब १९ करोड अर्थात ६०।४ प्रतिशत बजेट ल्याइएको हो ।

सरकारले १ अर्ब ७० करोड आन्तरिक ऋणबाट पूर्ती गर्ने लक्ष्यसहित बजेट ल्याएको थियो । सरकारको अनुमानित बजेटमध्ये वित्तीय व्यवस्थातर्फ ५० करोड अनुमान गरिएको छ । आगामी वर्ष १ दशमलव ५ प्रतिशत प्रदेश सञ्चिती कोषमाथि व्ययभार पर्ने अनुमान गरेको अर्थमन्त्री आलेको भनाइ थियो ।

आगामी आर्थिक वर्षमा खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ७ अर्ब ६२ करोड २५ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ५ करोेडकोे अनुमान गरिएको छ । रोयल्टी बाँडफाँडबाट ४० करोड, ससर्त अनुदानतर्फत ४ अर्ब ९४ करोड, समपूरक अनुदानतर्फ ८४ करोड, विशेष अनुदानतर्फ ७० करोड प्राप्त हुने अनुमान अर्थमन्त्री आलेले प्रस्तुत गरे ।

प्रदेशको आन्तरिक स्रोतबाट राजश्वबापत ५ अर्ब १६ करोड ९१ लाख संकलन हुने अनुमान गरिएको छ । साथै चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनबाट ३ अर्ब नगद मौज्दात रहने अनुमान सरकारको छ ।

Tags :