२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:35 pm
Banner

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै

सूचना प्रेस २०८० श्रावण १ सोमबार ००:००, ०८:३८ बजे १ मिनेट पढाइ

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ।

शुक्रबारदेखि सुरूदेखि भएको बैठकमा सातवटा कार्यसूचीमा आधारित भएर छलफल भइरहेको थियो। शनिबार केही समय चलेर स्थगित भएको बैठक आज बिहान १० बजेबाट सुरू हुने छ ।

बैठक कीर्तिपुरको चम्पादेवीमा रहेको पुस्पलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको छ ।

बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डा अघि सारिएको छ।

त्यस्तै पार्टीको महाधिवेशनबारे पनि छलफल भएरहेको उनले बताए