७ मंसिर २०८१, शुक्रबार 1732295165
Banner

बरामद सुन प्रकरणमा अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागले माग्यो प्रहरीको सहयोग

काठमाडौं । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुन बरामद प्रकरणमा अनुसन्धानका लागि प्रहरीको सहयोग मागेको छ ।

एक स्रोतका अनुसार विभागले प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरेर सहयोग मागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राजश्व अनुसन्धान विभागले एक क्वीन्टल सुन बरामद गरेपछि त्यसबारे बुझ्न आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल भन्सार कार्यालय पुगेका थिए ।

मंगलबार हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत आएको कम्तिमा १०० किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

यस प्रकरणमा संलग्नहरुलाई पक्राउ गर्न विभागले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको विशेष ब्यूरोको सहयोग लिएको थियो ।

Tags :