२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:09 pm
Banner

प्रचण्ड भेट्न बालुबाटार पुगे ओली

सूचना प्रेस २०८० श्रावण १५ सोमबार ००:००, १०:०७ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

संवैधानिक परिषद् बैठक बोलाउने तयारी भइरहेका बेला ओली बालुवाटार गएको ओलीको सचिवालयले जनाएको छ ।

आइतबार पनि ओलीले प्रचण्डलाई भेटेर परिषद् बैठक डाँकी प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिएका थिए ।