१० कार्तिक २०८१, शनिबार 1729980907
Banner

राप्रपाले कोशी प्रदेश सरकार गठनमा सहयोग नगर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकार गठनमा सहयोग नगर्ने भएको छ ।

कोशी प्रदेशमा सरकार निर्माणका लागि कसरत भइरहेका बेला कोशी प्रदेश पुगेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा नजाने बताउँदै कांग्रेस र एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिए।

‘अहिले हामीलाई सत्ता प्राथमिकताको विषय छैन । हामीले कांग्रेस र एमालेलाई बहुमत बनाएर सरकार चलाउन सुझाव दिएका छौं’ उनले भने, ‘ठूलो बहुमतले भोलिका दिनमा बाधा–अड्चन आउन दिनेछैन । विधेयक पारित गर्दा पनि सहज हुन्छ ।’

९३ सदस्यीय कोशी प्रदेशसभामा ठूलो दल एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको एक सांसद छन् । माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख छन् ।

गठबन्धनको सरकार निर्माणका लागि सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि दिएको समय मंगलबार साँझ ५ बजे सकिंदैछ ।

Tags :