काठमाडौं । नेपाली कांग्रेसले ७७ जिल्लामै केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेर पठाएको छ । पार्टीको वार्षिक कार्य योजना पारित भएलगत्तै पहिलो चरणमा संगठन सुदृढीकरण अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि घटाएको हो ।
केन्द्रीय कार्यालयले साउन २० देखि ३० गतेसम्मको अवधि तोकेर जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो । यस क्रममा बैठक, भेलाहरू गर्ने, रिपोर्टिङ लिने र आन्तरिक विवाद समाधानदेखि क्रियाशील सदस्यता वितरण तथा नवीकरणलगायतका काम हुने बताइएको छ ।
केन्द्रीय प्रतिनिधिहरूले दोस्रो चरणको अभियानमा पनि जिल्लामा बसेर अनुगमन गर्ने बताइएको छ । यस क्रममा गाउँ गाउँमा सेवा दल गठन हुनेछन् ।