काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विधान अधिवशेन मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार बिहान सकिएको स्थायी कमिटी बैठकले मंसिरमा विधान अधिवेशन र त्यसको १ वर्षपछि विशेष सम्मेलन गर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव पारित गरेको छ।
प्रचण्डको यो प्रस्ताव आज दिउँसो १ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ। बैठकमा उनले पार्टीको राजनीतिक तथा सांगठनिक र समसामयिक प्रतिवेदन पेश गर्ने छन्। त्यसपछि केन्द्रीय कमिटी सदस्यहरूले धारणा राख्ने क्रम सुरू हुनेछ।
३८७ जना केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, आयोग तथा विभाग प्रमुखहरू गरी ७५८ जना सहभागी हुनेछन्।