११ कार्तिक २०८१, आइतबार 1730074056
Banner

सूर्यविनायक नगरपालिकाका मेयर, उपमेयर लगायत निर्वाचित जनप्रतिनिधिले एकै दिन घुमे १६ वटा मन्दिर (तस्विरहरु)

भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख, उपप्रमुख लगायत निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको १ देखि १० वडामा रहेका १६ वटा प्रसिद्ध शिव मन्दिरको एकै दिन निरीक्षण गरेका छन् । विहान ८ बजे बालकोटमा रहेको धर्मेश्वर मन्दिरबाट शुरुभएको शिव मन्दिरको दर्शन भ्रमण, सिरुटारमा रहेको गुप्तेश्वर, सोमलिङ्गेश्वर, दधिकोटमा रहेको चरखण्डीश्वर, दधिकोटमा रहेको अनन्तलिङ्गेश्वर, कटुञ्जेमा रहेको सुवर्णेश्वर, गुण्डूमा रहेको रामभक्तेश्वर, सिपाडोलमा रहेको डोलेश्वर, आशापुरेश्वर, नंखेलमा रहेको नन्दीकेश्वर, चित्तपोलमा रहेको लटरम्वेश्वर लगायतका मन्दिरको निरीक्षण गरेको हो ।

सूर्यविनायक नगरपालिका– १ देखि १० वडामा रहेका प्रसिद्ध शिव मन्दिरहरुमा एउटै रुटबाट पुग्न सकिने गरी शिव सर्किट निर्माण गर्ने उदेश्यले नगरपालिकामा भएका धार्मिक पर्यटकिय क्षेत्रको भ्रमण गरिएको मेयर बासुदेव थापाले बताए । आन्तरिक तथा बाह्य पर्यटकको प्रर्वद्धनमा टेवा पु¥याउने, स्थानीय धार्मिक सम्पदाको संरक्षण एवं विकास गर्ने र यस नगरपालिकाभित्र रहेको ग्रामीण क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाले शिव सर्किट निर्माण गर्न लागेको उनको भनाई थियो ।

नगरपालिकाले बालकोटमा रहेको धर्मेश्वर, सिरुटारमा रहेको गुप्तेश्वर र सोमलिङ्गेश्वर, दधिकोटमा रहेको चरखण्डीश्वर, दधिकोटमा रहेको अनन्तलिङ्गेश्वर, कटुञ्जेमा रहेको सुवर्णेश्वर, गुण्डूमा रामभक्तेश्वर, सिपाडोलमा रहेको डोलेश्वर, आशापुरेश्वर, नंखेलमा रहेको नन्दीकेश्वर, चित्तपोलमा रहेको लटरम्वेश्वर मन्दिर जोड्ने गरी शिव सर्किट निर्माण गर्न लागेको हो ।

यी मन्दिरसँगै यस क्षेत्रमा रहेको धार्मिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्र र अन्य प्रसिद्ध मन्दिरलाई समेत समेटेर निर्माण हुने शिव सर्किटले धार्मिक पर्यटन प्रर्बद्धनमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको नगर प्रमुख थापाले बताए ।

मेयर थापाले नगरलाई पर्यटकीय आकर्षकको क्षेत्रका रुपमा विकास गर्दै होमस्टेको प्रवद्र्धन गर्ने कुरालाई अब कार्यान्वयनमा लैजाने बताए ।


त्यस्तै उपप्रमुख सरिता तिम्सिना भटटराईले मन्दिर दर्शन र हाईकिङ्गका लागि सुर्यविनायक नगरपालिकामा रहेका मन्दिरहरु उपयुक्त स्थल हुने बताईन । युवालाई मन्दिर दर्शन, हाईकिङ्ग र पर्यटन प्रबद्र्धनका लागि आउन उनको आग्रह थियो ।

मन्दिर आएका आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक सहयोग गर्ने, एक मन्दिरबाट अर्को मन्दिरमा जान अभिप्रेरित गर्ने र आवश्यक समन्वय गर्ने उदेश्यले जनप्रतिनिधिको टोलीले संयुक्त अवलोकन गरेको नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले बताए । विहान ८ बजे बालकोटबाट शुरुभएको दर्शन भ्रमण बेलुका ६ः३० बजे डोलेश्वरमा गंगा आरती गरेपछि सकिएको थियो ।