काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक अपराह्न ४ बजेका लागि सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले आजै अपराह्न ४ बजेका लागि सारिएको सङ्घीय संसद्को महासचिव डा भरतराज गौतमले बताउनुभयो ।
सभामुख देवराज घिमिरेले सदन अवरोधका विषयमा शीर्ष नेतासँग छलफल जारी राख्नुभएको छ ।