९ मंसिर २०८१, आइतबार 1732454974
Banner

सभामुखसहित शीर्ष नेताबीच दोस्रो चरणको छलफल फेरि सुरु

काठमाडौं । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरू बीचको दोस्रो चरणको बैठक फेरि सुचारु भएको छ ।

यसअघि सिंहदरवारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको पछि दोसा्रो चरणको बार्ता नयाँ बानेश्वरमा रहेको संसद भवनस्थित सभामुखको कार्यकक्षमा जारी छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका प्रमुख सचेतक र सचेतक सहभागी छन् ।