भक्तपुर । जनता समाजवाटी पार्टी (जसपा) बागमती प्रदेश कमिटी सदस्य मध्यपुर थिमि नगरपालिकाका लोकप्रिय युवा नेता जयकृष्ण अधिकारीले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य निर्मल भट्टराई, जिल्ला अध्यक्ष बचन देउजा र जिल्ला सदस्य तथा मध्यपुर नगर सहइन्चार्ज राष्ट्रशमशेर थापा, नेकपा (एमाले)मध्यपुर थिमिका अध्यक्ष सुर्यलाल श्रेष्ठको परामर्शमा अधिकारीले एमाले रोजेका मध्यपुर थिमिका उप–सचिव एवं प्रचार विभाग प्रमुख पुष्कर केसीले जानकारी दिनुभयो ।
अधिकारीले विज्ञप्ति जारी गर्दै जसपाभित्र देश र जनताको हित एवम् समृद्धिभन्दा आपसी खिचातानी, जातीय, क्षेत्रीय चिन्तनले प्रश्रय पाएको मात्र नभइ देशको सार्वभौमिकता र अखण्डताप्रति समेत प्रष्ट अडान राख्न नसकेकोले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।