११ कार्तिक २०८१, आइतबार 1730045915
राजनीति

कामनपा–९ आठौँ अनेम संघको वडा सम्मेलन सम्पन्न

काठमाडौं । काठमाडौं महानगर अखिल नेपाल महिला संघको आठौँ वडा सम्मेलन सम्पन्न भएको छ ।

उक्त सम्मेलन अखिल नेपाल महिला संघको केन्द्रीय सदसय ज्ञानुमाया डंगोलको आतिथ्यमा सम्पन्न भएको हो ।


नेकपा एमाले काठमाडौं महानगर कमिटी तथा जनप्रतिनिधि सिर्जना भेटुवालले १७ सदस्य अखिल नेपाल महिला संघ वडा कमिटीको गठन भएको बताइन् । उनले नवगठित कमिटी पदाधिकारी तथा सदस्यलाई बधाईसमेत दिइन् ।

सम्मेलनबाट अध्यक्ष्मा दीपा वन, सीता राई उपाध्यक्ष, सुजाता लामिछाने सचिव,अञ्जना ढुंगाना कोषाध्यक्ष, रिया बयलकोटी उपसचिव पदमा चयन भएका छन् ।

कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य तथा काठमाडौं–२ का इन्चार्ज मणिराम फुयालको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा अग्रणी महिला नेतृ उत्तरा गौतम कोईराला, पुर्वकामपा ९ वडाका महिला जनप्रतिनिधि रुक्मिनि श्रेष्ठ, खेलकुद क्षेत्र अन्तर्गत महिलाहरुको आत्म प्रतिरक्षा प्रशिक्षक सन्जु महर्जनलाई प्रमुख अतिथिबाट सम्मान समेत गरिएको थियो ।