१० कार्तिक २०८१, शनिबार 1729995123
Banner

राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक जारी

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक जारी छ ।

केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सुरु बैठक अहिले चलिरहेको छ ।

बैठकमा संसद अवरोध लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । आजै संसद खुलाउन सभामुखले राखेको सचेतक र प्रमुख सचेतकको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

एमालेले उक्त सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेर १० साउनदेखि संसद अवरुद्ध गर्दै आएको छ । थप समसामायिक विषयमा छलफल हुने बताइएको छ ।

Tags :