११ कार्तिक २०८१, आइतबार 1730038129
Banner

महिला टी–२० विश्वकपको एसियाली छनोटमा नेपालको दोस्रो जित

काठमाडौं । महिला टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्‍यो ।

पहिला ब्याटिङ गरेको बहराइन १५।४ ओभरमा ३१ रनमा अलआउट भएको थियो। नेपालकी इन्दु बर्माले ३ विकेट लिइन्। नेपालले २.५ ओभरमा विकेट नगुमाई लक्ष्य भेट्टायो। नेपालले १३ अतिरिक्त रन पाएको थियो। कविता कुँवरले अविजित १७ र सिता रानामगरले २ रन बनाइन्।

यसअघि पहिलो खेलमा नेपालले मलेसियामाथि ५ रनको रोमान्चक जित हात पारेको थियो।

Tags :