११ कार्तिक २०८१, आइतबार 1730031289
Banner

कांग्रेसले भन्यो – महेन्द्र यादवमाथि सांघातिक हमला गर्नेमाथि कडा कारबाही होस्

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि आज भएको साङ्घातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ । घटनाको कांग्रेसले घोर निन्दा र भत्र्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणपछि घाइते यादवको अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको पनि उहाँले बताउनुभयो । यादवमाथि आक्रमण गर्ने व्यक्ति र त्यसको पछि हुनसक्ने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरेर कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग जोडदार माग गरेको छ । कांग्रेसले सह–महामन्त्री महेन्द्र यादवको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।