११ कार्तिक २०८१, आइतबार 1730074554
Banner

ग्राण्डी अस्पतालले भन्यो – मुकुन्द रिजालको निमोनियाका कारण निधन भएको हो

काठमाडौं । ग्राण्डी अस्पतालले काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया)का कारण निधन भएको जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले यस्तो बताएका हुन् । उपचारका क्रममा उनको आज विहान ०७:३० बजे निधन भएको अस्पतालले जनाएको छ । सुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर परेको चिकित्सकहरुले बताएका छन् ।