२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:58 pm
Banner

सुन तस्करी प्रकरण : थप तीन जना पक्राउ

सूचना प्रेस २०८० भदौ २३ शनिबार ००:००, १६:४५ बजे १ मिनेट पढाइ

काठमाडौँ । सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।

सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी र नायब सुब्बाहरु कमल परियार र वीरेन्द्र नेपाली छन् । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको सीआईबीले जनाएको छ । योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या ३० पुगेको छ।