काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्ले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य, नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल बुद्धिजीवी संस्थापक केन्द्रीय सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ ।
परिषद्ले एक विज्ञप्ति निकालरे संविधानसभाका अध्यक्ष तथा नेपाल बुद्धिजीवी परिषद्का संस्थापकसमेत रहेका नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको हो ।
२०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनपछि पूर्नस्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रुपमा उहाँले खल्नुभएको नेतृत्वदायी भूमिका मुलुकका लागि स्मरणयोग्य भूमिका खेलेको जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी परिषद्ले नेपालले नेपालको शान्ति प्रक्रियामा नेम्वाङको स्मरणीय भूमिका रहेको बताएको छ ।
‘नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्वपूर्ण भूमिका रहेको थियो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको सुझबुझपूर्ण ढंगले सबै पक्षसंग सहज संवादका माध्यमबाट सहमति, सहकार्य एंव एकता कायम गराएर विवाद निरुपण गर्ने शैली बुद्धिजीवी परिषद्का लागि अनुकरणीय छ ।’
नेपालको संसद् तथा राजनीतिले एक अनुभवी, असल र लोकप्रिय सांसद तथा संसद्को उदाहरणीय नेता गुमाएको जारी वक्तव्यमा उल्लेख छ ।
‘राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन, देशभक्त, इमान्दार नेता गुमाएको छ । त्यसैगरी, नेपाल बुद्धिजीवी परिषद्को स्थापना र यसको श्रीवृद्धिमा जीवनको अन्तिम समयसम्म खेल्नुभएको भूमिका अतुलनीय छ ।
नेपाल बुद्धिजीवी परिषद् नेम्वाङको दुःखद् यस घडीमा स्वर्गीय उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
‘नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्वपूर्ण भूमिका रहेको थियो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँको सुझबुझपूर्ण ढंगले सबै पक्षसंग सहज संवादका माध्यमबाट सहमति, सहकार्य एंव एकता कायम गराएर विवाद निरुपण गर्ने शैली बुद्धिजीवी परिषद्का लागि अनुकरणीय छ ।’
नेपालको संसद् तथा राजनीतिले एक अनुभवी, असल र लोकप्रिय सांसद तथा संसद्को उदाहरणीय नेता गुमाएको जारी वक्तव्यमा उल्लेख छ ।
‘राष्ट्रले एक सिद्धान्तनिष्ठ, शालीन, देशभक्त, इमान्दार नेता गुमाएको छ । त्यसैगरी, नेपाल बुद्धिजीवी परिषद्को स्थापना र यसको श्रीवृद्धिमा जीवनको अन्तिम समयसम्म खेल्नुभएको भूमिका अतुलनीय छ । नेपाल बुद्धिजीवी परिषद् नेम्वाङको दुःखद् यस घडीमा स्वर्गीय उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।