१० कार्तिक २०८१, शनिबार 1729981200
Banner

कर्मचारीले प्रधानमन्त्रीलाई एसएमएस गरेर दिए आन्दोलनको चेतावनी

काठमाडौं । संघीय निजामती सेवा ऐन संसद्मा दर्ता गर्ने तयारी भइरहेका बेला प्रधानमन्त्री, उपप्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मुख्य सचिव लगायतलाई ‘नासुका आँसु देख्नु भएन’ शीर्षकमा एसएमएसको ओइरो लागेको छ ।

राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको पहलमा देशभरबाट कर्मचारीले विभिन्न माग राखी एसएमएस गरेका हुन् ।

साथै उनीहरुले आफ्ना माग पूरा नगरे आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी दिएका छन् ।

के छ एसएमएसमा ?
सम्माननीय प्रधानमन्त्रीज्यू
‘नासुका आँसु’ देख्नु भएन ?

१ . निजामती सेवा अधिकृतमुखी बनाउँदै पाँच वर्ष सेवा अवधि भएकालाई एक तह र १० वर्ष सेवा अवधि भएकालाई दुई तह वृद्धिसहित तिनै तहमा तहगत प्रणाली लागु गरियोस्,

२. अधिकृत तहको सेवा प्रवेश विन्दु छैटौँ तहलाई कायम गरियोस्,

३. छैटौँ अधिकृत तहको पदपूर्तिमा स्
५० प्रतिशत खुल्ला, ४० प्रतिशत बढुवा, १० प्रतिशत आन्तरिकरअन्तर तह प्रतिस्पर्धाको व्यवस्था होस्,

४. चौथो तहको पदपूर्तिमा ७० प्रतिशत खुल्ला, २० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था होस् अन्य पदमा हालको व्यवस्था यथावत् कायम गरियोस्,

५. तोकिएको सेवा अवधि र शैक्षिक योग्यता भएका राजपत्र अनंकित कर्मचारीलाई एघारौँ र नवौँ तहको खुल्ला प्रतिस्पर्धामा सहभागी हुन नरोकियोस्,

६. एकपटकलाई समायोजनको पुनरावलोकन व्यवस्थासहित प्रदेश र स्थानीय तहका कर्मचारीको अन्तर प्रदेश सरुवाको व्यवस्था गरियोस्,

७. सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाइयोस् ।

Tags :