२७ बैशाख २०८३, आइतबार 1778420496
Banner

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस, को को परे (सूचीसहित)

काठमाडौं । न्याय परिषद्ले उच्च अदालतको रिक्त न्यायाधीश नियुक्तिका लागि आज २७ जनाको नाम सिफारिस गरेको छ। नाम सिफारिससँगै लामो समयदेखि रोकिएको उच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रक्रिया सुरु भएको हो।

प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले उनीहरुको नाम सिफारिस गरेको हो। न्याय, कानुन, सरकारी वकिल, कानुन व्यवसायी र कानुन मन्त्रालयसहितका योग्यता पुगेका व्यक्तिलाई समेटेर नियुक्तिको सिफारिस गरिएको परिषद्ले जनाएको छ।

२०७८ सालदेखि रोकिएको न्यायाधीश नियुक्तिको गाँठो प्रधानन्यायाधीश श्रेष्ठले फुकाएका छन्। अब उच्च अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्चसम्म नियुक्तका लागि सिफारिस सुरु हुने परिषद्ले जनाएको छ।

 हेर्नुहोस सूची