१० कार्तिक २०८१, शनिबार 1729987422
Banner

जीवित छँदै पार्टीको नेतृत्व योग्य व्यक्तिलाई हस्तान्तरण गर्ने चाहना छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश चलाउन पार्टीको नेतृत्व योग्य व्यक्तिलाई सुम्पिने बताएका छन् ।

‘बा सँग बालबालिका’ कार्यक्रममा सोधिएका प्रश्नको जवाफ दिने क्रममा ओलीले यस्तो बताएका हुन् ।

सोही क्रममा उनले आफू अझै २० वर्ष आफू सक्रिय रहने बताए । सोही क्रममा उनले पहिले अलिअलि बिरामी भए पनि अहिले ठिक भएको बताए । उनले भने, ‘मेरो दुवै किड्नीले राम्रोसँग काम गरिरहेको छ ।’

आफ्ना पिता अहिले पनि दिनमा ३ किलोमिटर लौरोविनै यात्रा गरिरहेको बताउँदै उनले आफू अझै २० वर्ष सक्रिय रहने बताए ।

Tags :