७ मंसिर २०८१, शुक्रबार 1732274008
Banner

६० किलो सुन तस्करी आरोपमा २९ जनामाथि मुद्दा दर्ता

काठमाडौं । ६० किलो सुन तस्करी गरेको आरोपमा २९ जनामाथि मुद्दा दर्ता भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिएको थियो, तर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २९ जनामाथि मुद्दा दर्ता गरेको हो ।

प्रतिवादी बनाइएका २९ जनामध्ये २६ जना प्रहरी हिरासतमा छन् भने ३ जना फरार सूचीमा छन् ।

यो प्रकरणमा ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ६ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो ।